काठमाडौं
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसममा सुधार भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केहीदिन यता देशभरीकै मौसम बिहानैदेखि बदली भई हुरीबतास र पानी परेकोले अबको केही दिन मौसम सफा हुने देखिएको मौसमविद्हरुले बताएका छन् ।
तर प्रि – मनसुन भएकाले दिउँसोपछि मेघगर्जन र हावाहुरीसहित केहि ठाउँमा पानी भने पर्न सक्नेछ ।
मौसमविद् विभूति पोख्रेलका अनुसार आज मध्य र पूर्वको केहि ठाउँमा र पश्चिमको एक दुई ठाउँमा दिउँसोपछि पानी पर्ने संभावना छ । तर ठूलो पानी पर्ने वा तीब्र गतिको हावाहुरी चल्ने संभावना भने कम रहेको उहाँले बताउनुभयो ।
बिहान मौसम खुले पनि दिउँसोपछि बदली भई हावाहुरी र मेघ गर्जनसहित पानी पर्नु प्रि -मनसुनको विशेषता भएको पनि उहाँले जानकारी दिनुभयो ।





























प्रतिक्रिया