नम्बर नखुलेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नम्बर नखुलेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ । चितवनमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका वडा ८ अशोक चोकमा नम्बर नखुलेको सवारीले बागमती प्रदेश ०६ ००३ प ६८३९ नम्बरको मोटसाइकललाई ठक्कर दिँदा मोटसाइकल चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित प्रेमबस्तीका ५० वर्षीय चण्डीप्रसाद अधिकारी रहेका छन् । गम्भीर घाइते भएका अधिकारीको नयाँ मेडिकल कलेजमा आज बिहान २ बजे मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । अधिकारी बिहीबार साँझ ८ बजे दुर्घटनामा परेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालका अनुसार ठक्कर दिने सवारी साधनको खोजतलास भइरहेको छ ।

Logo