नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष तथा उद्योगी दिवाकर गोल्छाको निधन भएको छ। ६७ वर्षीय गोल्छाको मंगलबार राती चेन्नईमा निधन भएको हो ।
किड्नी ट्रान्सप्लान्ट गरेको दुई सातामै उनको निधन भएको हो । विराटनगरका उद्योगपति रामलाल गोल्छाले स्थापना गरेको गोल्छा अर्गनाइजेसन नेपालकै अग्रणी उद्योगी समूह हो। रामलालका दुई छोरा हुलासचन्द्र र हंसराज गोल्छा थिए। दिवाकर हंसराजका छोरा हुन्। दिवाकरका भाइ महेन्द्र गोल्छाको केही वर्षअघि क्यान्सरका कारण मृत्यु भएको थियो।
गोल्छा अर्गनाइजेसनलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेका दिवाकरले हुलास जस्तापाता, हुलास वायर, चिनी मिल तथा खाद्यन्न मिलहरूको स्थापनामा नेतृत्व लिएका थिए।
उनी २०६४ सालको संविधान सभामा नेपाली कांग्रेसबाट समानुपातिकतर्फ सांसद बनेका थिए। दिवाकरको पार्थिव शरिरलाई आजै काठमाडौं ल्याएर बिहीबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ। गोल्छाका दुई छोरा छन् ।





























प्रतिक्रिया