सिन्धुपाल्चोक आसपासका ठाउँमा ठूलो वर्षा

सिन्धुपाल्चोक आसपासका ठाउँमा ठूलो वर्षा

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार उत्तरी सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । सिन्धुपाल्चोकको मानेखर्कमा पछिल्लो २४ घण्टामा १४१.४ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।

त्यस्तै ढुंगेमा १२०.८, तारामाराङमा ८२.८, बोल्देमा ७५.६ मिलिमिटर वर्षा भएको छ । पूर्वी सिन्धुपाल्चोकको घुम्थाङमा पछिल्लो २४ घण्टामा ९३.३ मिलिमिटर वर्षा भएको छ ।

लमजुङको खुदी बजारमा पछिल्लो २४ घण्टामा १००.६, बेसीसहरमा १०२.२, घारेढुंगामा ८६.२ र उत्तरी गोखराको बारपाकमा ८३.२ मिलिमिटर वर्षा भएको छ ।

बाढी सूचना केन्द्रले यी स्थान भएर बग्ने नदी, खोलामा आकस्मिक बाढी आउनसक्ने र पहिरोसमेत जान सक्ने खतरा रहेकाले सतर्क रहन भनेको छ ।

Logo