महिला एसिया कपका लागि आज भारत र श्रीलंका भिड्ने

महिला एसिया कपका लागि आज भारत र श्रीलंका भिड्ने

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । एसिसी महिला एसिया कप क्रिकेटको उपाधिका आज आयोजक श्रीलंका र भारत भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भेट पक्का गरेको थियो ।

भारत र श्रीलंकाको फाइनल भिडन्त डम्बुला मैदानमा आइतबार दिउँसो ३ः१५ बजे सुरु हुँदै छ । भारत महिला एसिया कपको फाइनलमा नवौँ पटक पुगेको हो ।

पहिलो सेमिफाइनलमा बंगलादेशलाई १० विकटले पराजित गर्दै भारत फाइनल पुगेको हो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो । दुई समूहमा विभाजन गरिएका आठ टिममध्ये समूह ‘ए’को भारत र ‘बी’को श्रीलंकाले फाइनल खेल्न लागेका हुन् । आयोजक श्रीलंका घरेलु मैदानको फाइदा उठाउँदै उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ । भारत उपाधि यात्रालाई निरन्तरता दिने योजनामा छ ।

Logo