काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जन्मको आधारमा वंशजको नागरिकता दिने गृह मन्त्रालयको परिपत्रमा सर्वोच्च अदालतले रोक लगाउनु दुःखद भएको टिप्पणी गरेको छ।
गृहले मन्त्रीस्तरीय निर्णयबाट जन्मका आधारमा वंशजको नागरिकता दिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दिएको परिपत्र कार्यान्वयन नगर्न÷गराउन सर्वोच्चले सोमबार आदेश दिएपछि राजपाले विज्ञप्ति निकालेर चिन्ता व्यक्त गरेको हो।
राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा सर्वोच्चद्वारा जारी नागरिकता सम्बन्धी आदेशप्रति ध्यानाकर्षण जनाउँदै लाखौं नेपालीलाई नागरिकताबाट वञ्चित गराई राज्यविहीन अवस्थामा पुर्याउनु दुःखद भएको उल्लेख छ।






























प्रतिक्रिया