केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

भूकम्पको २ धक्कादेखि सर्वोच्चको आदेशसम्म

भूकम्पको २ धक्कादेखि सर्वोच्चको आदेशसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

२०७५ समीक्षा: देशले गुमाएका व्यक्तित्वहरु (भिडियो रिपोर्ट)

मर्ने कसैलाई रहर हुँदैन ।
तर, मान्छे नमर्ने सहर हुँदैन ।

प्रकृतिको यो नियमलाई हामी न बदल्न सक्छौँ, न त रोक्न नै । भनिन्छ, दैवको लिला अपरम्पार छ । कहिले कसलाई के हुन्छ थाहा हुँदैन । मृत्यु आफैमा दु:खद घटना हो। मृतकका परिवारलाई त असह्य पीडा हुने नै भयो। तर, कतिपयको मृत्युले सिंगो देश र बिश्वलाई ठूलो पीडा दिन्छ। तर, मानिसले बनाएको ईतिहास भने जहिल्यै ताजा भईराख्छन् । उनीहरुको नाम र कामलाई सधैँ तारिफ र प्रशंसा गरिन्छ । उनीहरुको महिमा र गीत गाईन्छ । आज हामीले बर्ष २०७५ मा नेपालले गुमाएका केही व्यक्तित्वहरुको बारेमा चर्चा गर्दैछौ।

सर्वोच्चको आदेश, ‘३ महिनाभित्र एनसेलबाट ६० अर्ब ७१ करोड कर असुल्नु’

सर्वोच्च अदालतले तीन महिनाभित्र एनसेलबाट सबै कर उठाउन आदेश दिएको छ । सर्वोच्चले एनसेल कर मुद्दामा आफ्नो फैसलाको पूर्ण पाठ दिँदैं तीन महिनाभित्र सबै कर असुल्न सरकारलाई आदेश दिएको हो । एनसेलले त्यो करको दायित्व पूरा नगरेसम्म कसैलाई पनि लाभांश वितरण र सेयर बिक्री गर्न नदिन सरकारलाई भनेको छ। यसअघि माघ २३ गते सर्वोच्चले एनसेलबाटै पुँजीगत लाभकर असुल गर्न आदेश दिएको थियो।

ट्याक्सीमा टाँसिएका पम्प्लेट च्यात्न थाल्यो ट्राफिक प्रहरी

ट्राफिक प्रहरीले ट्याक्सीमा टाँसिएका पम्प्लेट हटाएको छ । ट्याक्सी चालकहरूले करिब दुई महिनायता शान्तिपूर्ण आन्दोलनका रूपमा ट्याक्सी पछाडि आफ्ना माग तथा गुनासाहरू टाँसेका थिए । उनीहरुले यात्रुहरुलाई भावनामा बगाउने खालका पम्पलेटहरु टासेपछि ट्राफिक प्रहरीले हटाएको हो ।

कर्मचारीले दुःख दिए, काज फिर्ता गराईदिन केन्द्र सरकारसँग गुहार

फिदिम नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतको काज फिर्ता गराईदिन केन्द्र सरकारसँग अनुरोध गरेको छ । फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले प्रमुख प्रशाकीय अधिकृत घनश्याम उपाध्ययलाई काज फिर्ता गराईदिन भन्दै केन्द्र सरकारलाई पत्र पठाएका हुन् । भदौ २० गते काजमा खटिएका उपाध्ययले आफ्नो जिम्मेवारी बहन गर्न नसकेको भन्दै नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई काज फिर्ताको लागि पत्र लेखेको हो ।

सर्वोच्चको आदेश मधेश विरोधी भएको भन्दै वीरगञ्जमा प्रदर्शन

सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन भनि गृह मन्त्रालयले गरेको परिपत्रलाई कार्यान्वयन नगर्न जारी गरेको आदेशको विरोध गर्दै वीरगञ्जमा प्रदर्शन गरिएको छ । सर्वोच्चको उक्त आदेशको विरोधमा संघीय समाजवादी फोरम नेपाल पर्साले वीरगञ्जमा प्रदर्शन गरेको हो ।

आन्दोलन फिर्ता लिन चिकित्सकहरुलाई सरकारको चेतावनी

सरकारले आन्दोलनरत चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिएर काममा फर्किन चेतावनी दिएको छ । कर्मचारी समायोजन ऐनको विरोध गर्दै स्वास्थ्य सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका चिकित्सकहरु तत्काल सेवामा नफर्किए कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।

तारो हान्ने खेलमा पर्यटकको आकर्षण बढ्दो

मंगलबार दिउँसो भूकम्पको धक्का महशुस

अब प्रदेश नं. ३ सरकारले पनि लगानीे सम्मेलन गर्ने

विमान बङ्गलादेशको शौचालयबाट २३ किलो सुन बरामद

इस्लाम धर्म अनुसार लिङ्गको छाला काट्ने क्रममा बालकको मृत्यु

भूकम्पको धक्का महशुस

घाइतेको बयान, ‘ड्राईभर केटीसँग जिस्किदाँ जीप दुर्घटना, ४ जनाको मृत्यु’

गणेशमानलाई सम्झिँदै जनआन्दोलन दिवसमा पदयात्रा

कञ्चनपुरमा फेरि अर्को घटना, फरुवा प्रहार गरेर सासुको हत्या

जब चिनियाँ राष्ट्रपतिले विद्यार्थीसँगै बेल्चा उचाले, ७ तस्बिरमा

हावाहुरीबाट रौतहटमा एक जनाको मृत्यु, प्रहरी- ‘संयोग मात्र हो’

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo