आज भेनेजवेलामा राष्ट्रपतीय चुनाव हुँदै

आज भेनेजवेलामा राष्ट्रपतीय चुनाव हुँदै

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । ल्याटिन अमेरिकी देश भेनेजवेलामा आज एकै चरणमा राष्ट्रपतीय चुनाव हुँदै छ । बीबीसीका अनुसार २५ वर्षदेखि सत्तामा भएको वर्तमान राष्ट्रपति निकोलस मदुरोको दल भेनेजवेला एकीकृत समाजवादी पार्टीलाई आज हुने चुनाव सबैभन्दा ठूलो चुनौतीको चुनाव हुने देखिन्छ ।

सबैभन्दा धेरै मत ल्याउनेले विजयी हुने चुनावमा सन् २०१३ बाट राष्ट्रपति भएका निकोलस मदुरो नै पुनः निर्वाचित हुने आङ्कलन गरिएको छ । तर यो चुनाव धेरै चुनौतीपूर्ण हुने बीबीसीले लेखेको छ । चुनावमा २ करोड १३ लाख ९२ हजार ४६४ जना योग्य मतदाता रहेका भेनेजवेलको पोर्टल भेनेजवेला एनालीसीसले जनाएको छ । जसमा ६९ हजार विदेशमा भएका भेनेजवेलाका नागरिकहरूले चुनावमा मत हाल्नेछन् ।

राष्ट्रपतीय चुनावबाट विजयी हुने उमेदवारले ६ वर्षे कार्यकाल चलाउन पाउँछ । निर्वाचित राष्ट्रपतिले सन् २०२५ जनवरी १० मा शपथ लिनेछन् भने उनको कार्यकाल सन् २०३० जनवरी १० सम्म हुनेछ ।

Skip This
Skip This
Logo