काठमाडौँ । शिक्षाविद् प्राडा विद्यानाथ कोइरालालाई लेबाल त्रिरत्न पुरस्कार प्रदान गरिने भएको छ । नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माको सभापतित्वमा शनिबार बसेको नेपाली शिक्षा परिषद् प्रबन्ध समितिको बैठकले कोइरालालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
पुरस्कार परिषद्को ७४ औँ वार्षिकोत्सव तथा संस्थापक गोपाल पाँडे असीमको ११२ औँ जयन्तीका अवसरमा यही साउन ३२ गते प्रदान गरिनेछ । कविशिरोमणि लेखनाथ पौड्याल, बालकृष्ण सम तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा स्थापित गरिएको यो पुरस्कारको राशि १ लाख १ हजार १०१ रुपैयाँ रहेको छ ।































प्रतिक्रिया