भारतलाई स्तब्ध गर्दै श्रीलंकाले जित्याे महिला एसिया कपको उपाधि

भारतलाई स्तब्ध गर्दै श्रीलंकाले जित्याे महिला एसिया कपको उपाधि

केन्द्रबिन्दु
30
Shares

आयोजक श्रीलंकाले पहिलोपटक एसीसी महिला एसिया कप क्रिकेट, २०२४ को उपाधि जितेको छ । आफ्नै मैदान डम्बुलामा आज भएको फाइनल खेलमा ७ पटकको च्याम्पियन भारतमााथि ८ विकेटको सानदार जित दर्ता गर्दै श्रीलंकाले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

भारत महिला एसिया कपको फाइनलमा नवौंपटक पुग्दा दोस्रो पटक असफल भएको हो । भारत बाहेक बंगलादेशले १ पटक मात्र यो उपाधि जित्न सफल भएको छ । उक्त खेलमा बंगलादेशले भारतलाई नै हराएको थियो ।

यता पाँच पटक एसिया कपको फाइनल पुगेर पनि उपाधि जित्नबाट सधैं बञ्चित रहेको श्रीलंकाले भारतसँग बदला लिँदै आफ्नै मैदानमा कीर्तिमान रचेको छ । १६ हजार बढी दर्शकको अगाडि आफ्नो रवाफिलो प्रदर्शन देखाउँदै श्रीलंकाले भारतको सिन्डिकेट तोडेको छ ।

भारतले दिएको १६६ रनको लक्ष्य दुई विकेटको क्षतीमा ८ बल बाँकी छँदै पुरा गरेको हो। श्रीलंकाको जितमा कप्तान चरिथा अटापट्टु र हर्सिता समरविक्रमाले अर्धशतक बनाइन् । उनले ४३ बलमा ६१ रन बनाइन् भने समरक्रिमाले नटआउट ६९ रन बनाइन् । यस्तै विता दिलहरीले नटआउट १६ बलमा ३० रनको विस्फोटक ब्याटिङ गरिन् । उनले छक्का प्रहार गर्दै उपाधि दिलाएकी हुन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।भारतका लागि ओपनर स्मृती मन्धनाले सर्वाधिक ६० रन बनाइन् । स्मृतीले ४७ बलमा १० चौका प्रहार गरेकी थिइन् । रिचा घोषले ३० रन बनाइन् । उनले १६ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । जेमिमा रोड्रिगेजले १६ बलमा १८, अर्की ओपनर शेफाली बर्माले १६ रन बनाईन् । कप्तान हरमन प्रित कौरले ११, उमा क्षेत्रीले ९ रन बनाइन् ।

श्रीलंकाका लागि केबिसा दिलारीले २, सचिनी निसानसाला, उदेशिका प्रबोधनी र कप्तान चमिरा अथापाथ्थुले समान १ विकेट लिइन् ।

एसिया कपमा नेपाल पनि सहभागि भएको थियो । तर, समूह चरणबाट बाहिरिएको नेपालले युएईमाथि भने ६ विकेटको ऐतिहासिक जित दर्ता गरेको थियो । भारत र पाकिस्तानसँग नेपाल पराजित भएको थियो।

Logo