अछाम
नेत्रविक्रम चन्द विप्लव समुहका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । अछाम जिल्ला कमिटी सदस्य लक्ष्मीराज साउद र मुगु छायाँनाथ रारा नगरपालिका–१२ शोभा निवासी आर्दश बुढा रहेका छन् ।
दुबै जनालाई छुट्टाछुट्दै ठाउँबाट पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ । साउदलाई पार्टी अभियान विस्तारिकण र पार्टीका दस्तावेज तथा पुस्तक वितरण गरिरहेको अवस्थामा मेल्लेख गाउँपालिका ७ नन्देगडाबाट पक्राउ गरिएको हो । बुढालाई चाहिँ चौरपाटी गाउँपालिका–७ मार्कुबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।





























प्रतिक्रिया