पेरिस ओलम्पिकः जुडो खेलाडी मनिता र प्रिन्सको खेल आज

पेरिस ओलम्पिकः जुडो खेलाडी मनिता र प्रिन्सको खेल आज

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ मा आज मनिता श्रेष्ठ प्रधान र प्रिन्स दाहालको प्रतिस्पर्धा रहेको छ ।

जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनि तौलअन्तर्गत पहिलो खेलमा सर्बियाकी मारिया पेरिसिकसँग आज प्रतिस्पर्धा गर्दै छिन् ।

यो खेल फ्रान्सको स्थानिय समयअनुसार बिहान १० बजे अर्थात नेपाली समय अनुसार दिउँसो १ः४५ बजे हुनेछ ।

यस्तै, मेन्स सिंगल्सको समूह पी मा रहेका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाले समूह चरणमा आफ्नो दोस्रो खेल आज खेल्नेछन् । प्रिन्सले आयरल्याण्डका एनहात गुएनसँग फ्रान्सको स्थानीय समयअनुसार राति ९ः१० बजे प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल नेपाली समय अनुसार पौने १२ बजे हुनेछ ।

समूहको पहिलो खेलमा प्रिन्स विश्व नम्बर दुई डेनिस खेलाडी भिक्टोर एक्सेलसनसँग २.० ले पराजित भएका थिए ।

Logo