कस्तो छ त प्रदीप खड्को फिल्म लभ स्टेशन ? हेर्नुहोस भिडियोमा

कस्तो छ त प्रदीप खड्को फिल्म लभ स्टेशन ? हेर्नुहोस भिडियोमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गत शुक्रबारदेखि प्रतिक्षित फिल्म ‘लभ स्टेशन’ प्रदर्शनमा आएको छ । प्रदीप खड्का र जसिता गुरुङ अभिनित फिल्मले हलमा दर्शकलाई आकर्षण गर्ने आशा गरिएको थियो । तर दर्शकहरुले थरी थरीका प्रतिक्रिया दिएका छन् । कोहीले यसलाई एकदमै राम्रो मानेका छन्, कोहीले सामान्य फिल्म भनेका छन् ।

तीन दिनमा लभ स्टेशनले करिब दुई करोडको ग्रस व्यापार गरेको फिल्मका प्रस्तुतकर्ता गोविन्द शाहीको भनाई छ । यसको अर्थ फिल्मले राम्रो व्यापार गरिरहेको छ ।

उज्जवल घिमिरेको निर्देशन रहेको लभ स्टेशनमा प्रदीप र जसिता सहित रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु राना, रश्मि पाण्डेलगायतका कलाकारको अभिनय रहेको छ । आम दर्शकहरुलाई फिल्म कस्तो लाग्यो भन्ने विषयमा हामीहरुले उनीहरुको प्रतिक्रिया बुझ्ने प्रयास गरेका छौं । हेरौं हल रिभ्यू, भिडियोमाः

Skip This
Skip This
Logo