भिडियो स्टोरीः कुन हो फेरि लोडसेडिङ ब्यूताउन खोज्ने गिरोह ?

भिडियो स्टोरीः कुन हो फेरि लोडसेडिङ ब्यूताउन खोज्ने गिरोह ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । वर्षौदेखिको लोडसेडिङ अन्त्य गरेर एकाएक हिरो बनेका व्यक्ति हुन्, कुलमान घिसिङ । नेपालमा लोडसेडिङ अन्त्य गर्न उनी रातदिन अहोरात्र खटिए । उनको मिहेनतको फल राम्रै मिल्यो । देशभर लोडसेडिङ अन्त्य भएको घोषणा गरियो । अबको १ वर्षभित्र बाहिरबाट विद्युत आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुनेगरी नेपाल विद्युत प्राधिकरण, उर्जा मन्त्रालय लगायत सरोकारवाला निकाय लागिपरेका छन् ।

आम नेपालीले अब लोडसेडिङ एक ईतिहास बनेको मात्र सम्झिने छन् । तर प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको एउटा दाबीले फेरि मुलुक अन्धकारमय बन्ने त होईन ? भन्नेमा शंका पैदा भएको छ । कार्यकारी निर्देशक घिसिङले नेपालमा फेरि लोडसेडिङ ब्यूताउने गिरोह सक्रिय भएको दाबी गरेका छन् । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै घिसिङले नेपाललाई फेरि अन्धकारमय बनाउने गिरोह सक्रिय भएर लागेको दाबी गरे ।

आफूले लोड सेडिङमुक्त गराएको र प्राधिकरणका नाफामा लगेको मन नपराउने तत्वहरुले विगतका प्राधिकरणका नेतृत्वको निर्देशनमा आफूहरुमाथि आपेक्ष लगाउने काम गरिरहेको भन्दै आपत्ति जनाए । उनले प्राधिकरणलाई कमजोर बनाउने विगतका नेतृत्व र प्राधिकरण भित्रका कर्मचारीहरु हो हुन ? भन्ने विषय आफूहरुलाई थाहा भएको बताए ।

आफूमाथि ६० लाख भत्ता लिएको आरोप विभिन्न समाचार माध्याममार्फत ती तत्वहरुले लगाएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले आफूले कार्यसम्पादन मूल्यांकन समितिको सिफारिसमा ६ लाख मात्रै भत्ता बुझेको स्पष्टिकरण दिए । आफू आएबाट प्राधिकरणका सबै गतिविधि पारदर्शी रहेको र त्यसमा शंका लागे छानबिन गर्ने अधिकार सरकारलाई सुरक्षित रहेको स्पष्ट पारे ।

Skip This
Skip This
Logo