ताप्लेजुङ । सत्तारुढ दल नेकपा युवा संगठन वाईसिएल ताप्लेजुङले बारा पर्साका हावाहुरी पीडितलाई आर्थिक सहयोग गरेको छ । वाईसिएल ताप्लेजुङ र ताप्लेजुङ नगरपालिका ४ का वडाअध्यक्ष जितेन चेम्जोङको संयुक्त प्रयासमा हावाहुरी पीडितलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।
वार्इसियल ताप्लेजुङ्गले संकलन गरेको सहयोग रकम वाइसियल नेपालका केन्द्रीय अध्यक्ष दिप शिखालाई हस्तान्तरण गरिएको हो । वार्इसियल नेपालका केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इन्चार्ज राजन लिम्बु (मुक्ति) ले हस्तान्तरण गरेका हुन् ।
यसअघि पनि ताप्लेजुङ्ग वाईसिएलले १२ हजार सहयोग रकम प्रदेश कमिटीमार्फत केन्द्रमा बुझाएको थियो । हावाहुरी आएलगत्तै अध्यक्ष दीपशिखा नेतृत्वको
वाईसिएल टिम बारा पुगेर उद्दारमा सहभागी भएको थियो । वाईसिएलले पीडित परिवारलाई २५ केजी चामल, ५ केजी दाल, नुन, झुल, त्रिपाल, लगायत अत्यावश्यक सामग्रीहरु नेकपा अध्यक्ष प्रचण्डमार्फत वितरण गरिएको थियो ।































प्रतिक्रिया