राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मध्यरातमा खुफिया एजेन्सीका मान्छेहरुसँग होलिवाइन गर्ने काम भएको बताएका छन् ।
सोमबार प्रतिनिधि सभामा बोल्दै सभापति लामिछानेले भने, ‘म लाई मध्यराति भएको होलिवाइनको विषयमा प्रश्न गर्ने मन छ । मध्यरातमा कुनै खुफिया एजेन्सीका मान्छेसँग होलिवाइनको विषय के हो ?’
साथै सभापति लामिछानेले भ्रष्टाचारको फाइल आफूले खोलेको भन्ने जस नचाइएको बताएका छन्। ‘हिजो यहाँ कुरा आयो फाइल हामीले खोलेका हौँ तिमीहरूले खोलेको होइनौँ। ठिक छ तपाईँहरूले नै खोल्नुभएको हो हामीलाई जस चाहिएको छैन। काण्ड पनि हामीहरूले नै हो गरेको हो भन्दिएको भए राम्रो हुन्थ्र्यो। ३० औ वर्षमा यी काण्डहरू नि आफैले गरेको हो। फाइल तपाईँहरूले नै खोल्नुभएको हो। तर बन्द नहुँदै जिउँदै रहेको फाइललाई तपाईँहरूले गाड्न खोज्नुभयो।’उनले भने ।





























प्रतिक्रिया