काठमाडौं । बालुवाटरमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलको जन्मदिन मनाईएको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको जन्मदिनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्प गुच्छासहित केक खुवाएर पोखरेललाई जन्मदिनको शुभकामना दिएका हुन् ।

सोमबार अपरान्ह प्रधानमनत्री निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद् बैठकको सुरुमै प्रधानमन्त्रीले केक काटेर उपप्रधानमन्त्री पोखरेललाई खुवाएका हुन् ।

बैठकमा उपस्थित अन्य मन्त्रीहरुले पनि पोखरेललाई जन्मदिनको शुभकामना दिएका थिए । यसअघि पनि बेला बेला प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न व्यक्तिहरुको बर्थडे सेलिब्रेशन हुँदै आएको थियो ।

तस्बिर : प्रधानमन्त्रीको सचिवालय





























प्रतिक्रिया