देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
कमल थापाको भाषण रोक्दा झडप, प्रहरीले बर्सायो लाठी
प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्तामाथि लाठी चार्ज गरेको छ । सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको माग राख्दै प्रदर्शनमा उत्रिएका राप्रपा कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गर्दै लाठी बर्साएको हो । राप्रपाले रत्नपार्कदेखि प्रदर्शन सुरु गरी पद्मोदय मोडमा आई कोणसभा गरेको थियो । नेताहरु भ्यानमा चढेर भाषण गरेका थिए । प्रदर्शन अवधिभर सवारी साधनलाई रोकेको प्रहरीले २ बजेपछि तपाईंहरुको समय सकियो भन्दै एकतर्फी सवारी सुचारु गर्यो ।
धरानमा बस पल्टिदा ४ जनाको मृत्यु, २० भन्दा बढी घाइते
बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । जिरो पोइन्टमा ना ७ प २७१३ नम्बरको बस दुर्घटना हुँदा २० जना भन्दा बढी यात्रु घाइते भएका छन्। भोजपुरबाट धरानका लागि छुटेको उक्त बस दुर्घटनामा परेको धरानका डिएसपी सुमन तिमिल्सिनाले जानकारी दिए ।
कुलमान घिसिङ भन्छन्, ‘फेरि लोडसेडिङ ब्युँताउने खेल सुरु भयो’
नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुलमान घिसिङले नेपालमा फेरि लोडसेडिङ ब्युँताउने खेल सुरु भएको बताएका छन् । सोमबार प्राधिकरण कार्यालयमा भएको पत्रकार सम्मेलनमा सीईओ घिसिङले केही मान्छेहरु नेपालमा फेरि लोडसेडिङ ब्यूताउने खेलमा लागेको दाबी गरे । उनले आफूहरुको उज्यालो नेपाल अभियानमा केही मान्छेले डिस्टर्ब गरेको बताए । पत्रकार सम्मेलनमा उनले भने, ‘विगतमा देशलाई अँध्यारोमा राखेका व्यक्तिले नै केही मिडिया र व्यक्तिलाई परिचालन गरी देशलाई अँध्यारोमा लैजान चाहेका छन् ।’
मलेसियामा बस दुर्घटना: दुई नेपालीसहित १० जनाको मृत्यु
मलेसियामा बस दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको छ । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस सेलागरमा दुर्घटना हुँदा दुई नेपालीसहित १० जनाको मृत्यु भएको मलेसिया किनी डटकमले जनाएको छ ।
अर्घाखाँचीमा जीप दुर्घटना, ३ जनाको मृत्यु, १० घाइते
अर्घाखाँचीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका ८ लाट्टेबासमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
राप्रपाका कुन–कुन नेताले खाए प्रहरीको लाठी (नामसहित)
जब काठमाडौंमा एक अफिसको सोफा मुनि नै बम भेटियो…
भाजपाले घोषणा पत्र जारी गर्यो, कृषिमा २५ लाख करोड लगानी गर्ने वाचा
नेपाल वायुसेवाले जापानमा सीधा उडानको अनुमति पायो
अभिभावकको व्यापक गुनासोपछि नेपालमा PUBG गेम बन्द गराईने
माल्दिभ्समा पूर्वराष्ट्रपति नशीद फेरि शक्तिमा
तराईमा वितण्डा मच्चाएको टोर्नाडो के हो ? (भिडियोसहित)
वर्षाको बर्थडेमा आफुजत्रै नक्कली वर्षा उपहार दिईएपछि…(भिडियोमा)
आठौं राष्ट्रिय खेलकुद प्याराग्लाईडिङमा ५५ खेलाडीले प्रतिष्पर्धा गर्दै
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।































प्रतिक्रिया