एजेन्सी । लोकसभा चुनाव सुरु हुनु तीन दिनअघि भारतीय जनता पार्टी (भाजपा) ले पार्टीको चुनावी घोषणा पत्र जारी गरेको छ । भाजपाले संकल्प पत्र नाम दिएर सोमबार चुनावी घोषणा पत्र जारी गरेको हो ।
पार्टी अध्यक्ष अमित शाहले जारी गरेको घोषणा पत्रमा भाजपाले राष्ट्रवाद पार्टीको पहिलो प्राथमिकता हुने दाबी गरिएको छ । नेता राजनाथ सिंहले देशको राष्ट्रिय सुरक्षामा कुनै किसिमको सम्झौता नहुने बताए ।
भाजपाले आतंकवाद र उग्रवाद विरुद्ध शून्य सहनशीलता नीति लिइने र आतंकवादको सामनाका लागि सुरक्षाबललाई सशक्त बनाउने दाबी गरेको छ ।
यस्तै सुरक्षा निकायका लागि आधुनिक हतियार युक्त बनाउने, पूर्वोत्तर राज्यमा अवैध घुसपैठ रोक्ने, किसानका लागि प्रधानमन्त्री किसान सम्मान निधि योजना लागु गर्ने, कृषि उत्पादन बढाउनका लागि २५ लाख करोड लगानी गर्ने, तीन तलाखको व्यवस्था खारेज गर्नेसहितका वचन दिइएको छ । पार्टी अध्यक्ष अमित शाहले ६ करोड मानिसको मतका आधारमा संकल्प पत्र तयार गरिएको बताए ।





























प्रतिक्रिया