ओलम्पिकमा दौडिन फ्रान्स जाँदै सन्तोषी

ओलम्पिकमा दौडिन फ्रान्स जाँदै सन्तोषी

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ मा सहभागिता जनाउन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएकी छिन् ।

दक्षिण एसियाली खेलकुद इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडी सन्तोषीले युनिभर्सालिटी कोटाअन्तर्गत म्याराथनमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् ।

उनी ओलम्पिकको अन्तिम दिन म्याराथनमा दौडिने छिन् । १३औँ दक्षिण एसियाली खेलकुदमा १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन् । यस्तै, बंगलादेशमा भएको बंगबन्धु शेख मुजिव ढाका म्याराथन २०२४ मा पनि स्वर्ण जितेकी थिइन्।

त्यसमा उनको प्रदर्शन दुई घण्टा ४६ मिनेट २२ सेकेन्ड रहेको थियो । यो नै उनले दौडेको एक मात्र म्याराथन हो ।

Logo