काठमाडौँ उपत्यकामा बढ्यो नदीको जलसतह

काठमाडौँ उपत्यकामा बढ्यो नदीको जलसतह

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । काठमाडौँ उपत्यकाका धेरै स्थानमा राति ११ बजेदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारी वर्षासँगै बागमती, हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु र बल्खुखोलालगायत नदी तथा खोलामा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको छ ।

खोलाको बाढीले बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ । यस्तै, ललितपुरको गोदावरी खोला थाइबाको जलमापन केन्द्रमा हालको जलसतह खतराको तह पार गरेको छ । त्यहाँ पनि सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । डुबान हुने स्थानमा रहनेहरू बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहनुपर्ने विभागले जनाएको छ ।

Logo