‘नयाँ रेकर्ड’ राख्दैं सन्दीपले लिए ४० खेलमा ५० विकेट

‘नयाँ रेकर्ड’ राख्दैं सन्दीपले लिए ४० खेलमा ५० विकेट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सका लागि सन्दीप लामिछानेले विकेट लिएका छन् । दिल्लीका लागि सन्दीपले चौथो विकेटको रुपमा रोयल च्यालेन्जर्स बैंग्लोरका मोइन अलीलाई आउट गरेका हुन् ।

सन्दीपले अलीलाई ३२ रनमा आउट गराए । सन्दीपले तीन ओभर बलिङ गर्दै २७ रन खर्चिएर एक विकेट हात पारेका हुन् । उनले चार ओभरमा ४६ रन दिए । १८ वर्षका सन्दीपले टी-ट्वान्टी क्रिकेटमा ५० विकेट पूरा गरेका छन् । उनले ४० खेलबाट ५० विकेट लिएका हुन् ।जारी आईपीएलमा ४ खेलमा ५ विकेट लिएका छन् ।

गएको सिजनमा दिल्ली डेयर डेभिल्स हालको दिल्ली क्यापीटल्सबाट आईपीएल खेल्ने अवसर पाएका लामिछानेले अहिलेसम्म खेलेका ट्वान्टी—२० खेलमा गरी ५० विकेट पूरा गरेका हुन् ।

उनले आईपीएलपछि अस्ट्रेलियाको विग वास लिग, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग लगायतका दर्जनौं प्रतियोगिता खेलिसकेका छन् । ट्वान्टी–२० क्रिकेटमा ५० विकेट पूरा गर्नेमा सन्दीप पहिलो नेपाली बलर बनेका छन् ।

Skip This
Skip This
Logo