यस्तो छ आजको तरकारी तथा फलफूल मूल्य

यस्तो छ आजको तरकारी तथा फलफूल मूल्य

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६७ रुपैयाँ ३३ पैसा रहेको छ । प्याज सुकेको ८२ रुपैयाँ ३३ पैसा, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला लोकल २५ रुपैयाँ प्रति केजी रहेको छ ।

यस्तै, स्थानीय काउली ८५ रुपैयाँ, बन्दा लोकल ५७ रुपैयाँ ६७ पैसा, लौका ३५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ, गोलभेडा ठूलो (नेपाली) ७५, गोलभेडा सानो (लोकल) २२.३३ र भन्टा लाम्चो ४५ रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

Logo