नेपालमा फेरि ठूलो आँधीहुरी आउने भारतीय मौसमविद्को चेतावनी

नेपालमा फेरि ठूलो आँधीहुरी आउने भारतीय मौसमविद्को चेतावनी

केन्द्रबिन्दु
0
Shares

भारतको मौसम बिभागले भारतसहित नेपालमा आँधीहुरी चल्ने चेतावनी दिएको छ । आज र भोली कुनै पनि समयमा ठुलो आँधीहुरी चल्न सक्ने सम्भावना रहेको बताइएको हो ।

भारतको महाराजगञ्ज र सो आसपासमा रहेका स्थानहरुमा ठूलो आँधीहुरी चल्न सक्ने सम्भाना रहेको भारतीय मौसम विभागले जनाएको छ । भारत लगायत नेपालका केहि स्थानमा पनि हावाहुरीको जोखिम रहेको विभागको दाबी छ ।

भारतको महाराजगञ्जबाट नजिक रहेका नेपालको लुम्विनी अञ्चलका वरिपरिका जिल्लाका साथै तराईका केहि जिल्लामा ठूलो हावाहुरी चल्न सक्ने उसले चेतावनी दिएको हो ।

५० किमी सम्मको गतिमा आँधीहुरी चल्न सक्ने भएकाले सम्भावित क्षेत्रका बासिन्दाहरुलाई सावधानी अपनाउन सचेत गराएको छ । यसअघि बारा र पर्सामा टोर्नाडो नामक हावाहुरी आउँदा २८ जनाको ज्यान गएको थियो ।

Logo