चट्याङ लागेर १० वर्षीया बालिकाको मृत्यु

चट्याङ लागेर १० वर्षीया बालिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

विराटनगर । हावा, हुरी र वर्षासँगै परेको चट्याङले लागेर मोरङमा एक बालिकाको मृत्यु भएको छ । शनिबार दिउँसो परेको चट्याङ लागेर मोरङको बुढीगंगा गाउँपालिका–३ बाँसबारीकी १० वर्षीय आराधना राजवंशीको मृत्यु भएको हो ।

खेतमा बाँधेको गाई फुकाएर घरतिर लिएर आउँदै गर्दा घर नजिकै चट्याङ लागेर घाइते भएकी बालिकाको छात्ती डढेको छ। घाइते अवस्थामा उपचारका लागि विराट मेडिकल कलेज पुर्या‍इएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Logo