सरकारी चिकित्सकहरुको जारी आन्दोलनमा चिकित्सक संघले ऐक्यवद्धता जनाएको छ ।
संघले आज एक बिज्ञप्ति जारी गर्दै चिकित्सकहरुको मागको सम्बोधन गर्न आग्रह गरेको हो।
“नेपाल सरकार अन्तर्गतका आठौं र सोभन्दा माथीका तहमा कार्यरत चिकित्सकहरुलाई संघमा पुल दरबन्दीको सिर्जना गरी समायोजन गर्नुको सट्टा हालै सार्वजनिक गरिएको समायोजन सूचीले चिकित्सकहरुको मनोबल गिराएको एवं दुर्गम जिल्लाहरुमा चिकित्सकहरुको अभाव हुने गम्भिर परिस्थितिलाई उचित सम्बोधन गर्न नसकेकोप्रति नेपाल चिकित्सक संघ गहिरो दुःख व्यक्त गर्दै अबिलम्ब उक्त सूची सच्चाउन जोडदार माग गर्दछ,” संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
हालै भएको समायोजन सूचीलाई परिमार्जन नगरिएको अवस्थामा देशभरका सम्पूर्ण चिकित्सकहरुलाई समायोजनको पत्र नबुझ्न आग्रह गर्दै संघले बुझेको खण्डमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार आफै हुने विज्ञप्तीमा जनाइएको छ ।





























प्रतिक्रिया