सरकारले संघीयतामा विश्वास गरेन- शंशाक कोइराला

सरकारले संघीयतामा विश्वास गरेन- शंशाक कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले अहिलेको सरकारले संघीयतामा विश्वास नगरेको बताएका छन् ।

शनिवार नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले नयाँ वर्ष २०७६ तथा प्रसिद्ध बिस्काः जात्राको अवसरमा नगदेशको छ्वासटोलमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा महामन्त्री कोइरालाले सरकारले संघीयता कमजोर बनाउन लागेको आरोप लगाएका हुन् ।

सरकारले सबै अधिकार आफैं राख्ने प्रयत्न गर्नु नै संघीयता विरोधी भएको बताएका हुन् । कोइरालाले सरकारले ठोस योजना ल्याउन नसकेको बताउँदै शान्ति सुव्यवस्था कायम हुनुको बदला मुलुकमा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारका घटना वृद्धि भएको बताए ।

एक प्रसंगमा महामन्त्री कोइरालाले गुट उपगुटले पार्टी कमजोर हुँदै गएको बताए ।

Skip This
Skip This
Logo