गत साताकाे बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनिष शाक्यलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भएकाे छ ।
काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै दुर्घटनामा पर्दा १८ जनाको घटनास्थलमै ज्यान जाँदा पाइलट शाक्यलाई भने घाइते अवस्थामा तुरुन्तै उद्धार गरिएको थियो । केएमसी अस्पतालमा उपचाररत उनकाे स्वास्थ्यमा सुधार हुँदै गएपछि डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालको मेडिकल डाइरेक्टर डा. मीना थापाले जानकारी दिइन् ।‘उपचार त उहाँको जारी रहन्छ । तर, अस्पतालमै राखिरहनुपर्ने अवस्था छैन । घरमै बसेर थेरापी र अन्य उपचारलाई निरन्तरता दिन सक्नुहुन्छ ।’ उनले भनिन् ।
जहाज दुर्घटनाका क्रममा शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोट लागेको थियो । ढाडको एउटा हाँड र देव्रेपट्टि तीन वटा करङका हाँड भाँचिएको थियो ।
बिहीबार उनलाई भेट्न अस्पतालमै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, सांसदसमेत रहेका केएमसी अस्पतालका सञ्चालक डा. सुनिल शर्मालगायतको टोली पुगेको थियो ।





























प्रतिक्रिया