कतारबाट नेपाल आएको एउटा प्लेन लामो समयदेखि आकाशमा होल्ड भइरहेको छ।
बिहान १०:२५ बजे अवतरण हुनुपर्ने बिमान अझै आकाशमै घुमिरहेको हो। बिहान ४:२३ बजे कतारको दोहाबाट आएको एयर बस ए ३३० अझै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गरिएको छैन। यो समाचार तयार पार्दा सम्म बिमानको अवतरण समय १: ४१ बजे तोकिएको छ।
यो बिमान भारतको माउ, सिवान र काठमाडौँको आकाशमा लामो समय घुमेको छ। अहिले यो बिमान काठमाडौँको आकाशमै घुमिरहेको छ।

बिहानै देखि देशभर भएको वर्षाका कारण त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थबाट हुने सबै उडान प्रभावित भएको छ । बिहानैदेखि काठमाडौँ विमानस्थलबाट हुने आन्तरिक उडानहरु प्रभावित भएका छन् । यस्तै, पोखरा विमानस्थल पनि मौसमका कारण बन्द भएको छ ।





























प्रतिक्रिया