काठमाडौं । आजको लागि तय गरिएको मातृभूमि कप क्रिकेट प्रतियोगिता स्थगित गरिएको छ । लगातार परिरहेको वर्षाका कारण खेल स्थगित गरिएको हो ।
खराव मौसम र लगातारको वर्षाले त्रिवि क्रिकेट मैदानमा हुने भनिएको खेल अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो । अग्रिम टिकट खरिद गरेकाहरुले सोही टिकट सुरक्षित राखेर खेल हेर्न सकिने आयोजक धुर्मुस-सुन्तली फाउण्डेसनले जनाएको छ ।
चितवनको भरतपुरमा ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ बनाउन कलाकारको दुई टोलीले मनोरञ्जनात्मक र राष्ट्रिय क्रिकेटरको दुई टोलीले खेल्ने तयारी थियो ।
पारस खड्काको कप्तानीमा ‘राष्ट्रिय टिम ए’ र ज्ञानेन्द्र मल्लको कप्तानीमा ‘राष्ट्रिय टिम बी’ बीच रोमाञ्चक २० ओभरको खेल हुने तय भएको थियो भने कलाकारहरुको तर्फबाट मदनकृष्ण श्रेष्ठको कप्तानीमा ‘कलाकार ए’ र हरिवंश आचार्यको कप्तानीमा ‘कलाकार बी’ बीच १० ओभरको खेल आयोजना हुनेछ ।
रङ्गशाला निर्माणको सहयोगार्थ प्रतियोगिता गर्न लागिए पनि संकलित रकमको १५ प्रतिशत बारा पर्साका हावाहुरी पीडितलाई दिईने फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले जानकारी दिए ।





























प्रतिक्रिया