देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
एउटै परिवारका तीन जनाले एकै ठाउँमा गरे आत्महत्या
चितवनमा एउटै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन् । घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३/१४ वर्षीया छोरी विनिता मगर र अन्दाजी ११/१२ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनीहरुको शवलाई परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ ।
निर्मला प्रकरणः पत्रकार खेम भण्डारीविरुद्ध फेरि अर्को मुद्दा
निर्मला पन्त प्रकरणमा कञ्चनपुरका पत्रकार खेम भण्डारीविरुद्ध फेरि अर्को मुद्दा परेको छ । पत्रकार भण्डारीविरुद्ध गाली बेइज्जती सम्बन्धी मुद्दा परेको हो । जिल्ला अदालत कञ्चनपुरमा तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख पूर्व एसपी दिल्लीराज विष्टका छोरा किरणले भण्डारीविरुद्द मुद्दा हालेका हुन् । अपराध संहिता अन्र्तगत गाली बेइज्जती कसुर अन्र्तगत दर्ता गरिएको मुद्दामा दुई वर्ष जेल वा बीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । भण्डारीले निर्मला प्रकरणमा किरणलाई जोडेर समाचार सम्प्रेशण गरेका थिए ।
सानेपा दुर्घटना: दुई जनाको मृत्यु, घाइतेको मेडिसिटीमा उपचार हुँदै (अपडेट)
ललितपुरको सानेपा हाइटमा ठूलो ट्रक बीच सडकमै पल्टिएर दुर्घटना भएको छ।जनक शिक्षा सामग्री केन्द्रको ना१घ ५३३ नम्बरको ट्रक पल्टेर बा ७ च २१३१ नम्बरको भ्यानलाई किचेको हो।
आठौँ राष्ट्रिय खेलकूदको उद्घाटन राष्ट्रपति र समापन प्रधानमन्त्रीले गर्ने
विश्वकप फुटसलका सबै खेलमा नेपाल पराजित
अस्थायी शिक्षकहरुको रिले अनशनमा प्रहरी दमन , अध्यक्ष सहित २ दर्जन शिक्षक पक्राउ
झारफुकको बहानामा बलात्कार गर्ने धामी पक्राउ
हिमपहिरोमा परी तीन जना बेपत्ता
रोकिएन टिप्पर आतंक, भक्तपुरमा एक जनाको ज्यान गयो
आज पनि मेघ गर्जनसहित वर्षा हुने सम्भावना
सशस्त्र प्रहरीमा रोजगारीको अवसर
राष्ट्रिय वाणिज्य बैंकले माग्यो ३५२ कर्मचारी
लाजिम्पाटमा आगलागी: एकको मृत्यु, २ जना घाइते
हावाहुरी पीडितलाई प्रदेश ५ ले पनि एक करोड दिने
दमकललाई ‘रेडकार्पेट’ मा स्वागत
अफगानिस्तानमा भिडन्त, ६६ जनाको ज्यान गयो
दक्षिण कोरियामा भीषण डढेलो, सङ्कटकाल घोषणा
लभ स्टेशनको प्रिमियरमा प्रदीप र जसिताको क्रेज (भिडियोमा)
फ्राइडे फिल्म: प्रदीप र जसिताको रोमान्स रहेको ‘लभ स्टेसन’
आवश्यकता भन्दा बढि पानी पिउँदा के हन्छ ? (भिडियोमा)
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।





























प्रतिक्रिया