विश्वकप फुटसलका सबै खेलमा नेपाल पराजित

विश्वकप फुटसलका सबै खेलमा नेपाल पराजित

केन्द्रबिन्दु
0
Shares

विश्वकप फुटसलमा नेपाल तीनवटै खेलमा पराजित भएको छ ।

अर्जेन्टिनामा जारी १२ औं संस्करणको समूह चरणकोअन्तिम खेलमा बिहीबार राति नेपाल क्याटलोनियासँग ११–१ को भारी गोल अन्तरले पराजित भएको हो ।

नेपालका लागि एक मात्रै गोल सुजन बलामीले गरेका थिए । यो हारसँगै नेपाल समूह ‘डी’ मा जितविहीन बन्दै घर फर्किएको छ । यसअघि नेपाल पहिलो खेलमा अमेरिकासँग २–१ गोल अन्तरले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा फ्रान्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो ।  नेपालको समूहबाट क्याटलोनिया र फ्रान्स क्वाटरफाइलमा प्रवेश गरेका छन् । तीनै खेलमा पराजित नेपाली टोली आजै स्वदेश फर्कंदै छ ।

१२औँ संस्करणको विश्वकप फुटसलमा सहभागी हुन समीर कार्कीको कप्तानीमा विश्वकप खेल्ने १२ सदस्यीय नेपाली टोलीमा दिनेश श्रेष्ठ, विशाल थापा, सुजन बलामी, दीपेन्द्र रसाइली, साहिल राना, राजु बुढाथोकी, अनुप राना, बरदान लामा, गौरब श्रेष्ठ, ग्रिजेशमान श्रेष्ठ र सञ्जीव तामाङ रहेका छन् ।

नेपालले विश्वकपमा वाइल्ड कार्डबाट सहभागिता जनाएको हो ।

Logo