तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
51
Shares

२०८१ साउन २० देखि २६ गतेसम्मको राशिफल ।

ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रह स्थिति अनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईले आगामी साता तपाईंको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ,समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ ।

तपाईंको राशिअनुसार थप योजनाहरू बनाउनुस् । हामीले प्रधान गरेको उपायले तपाईंको यो साता राम्रो बित्ने छ। सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ ,यो भबिष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। यदि तपाईंहरुले हामिले दिएको उपाय गर्नु भयो भने तपाईंहरुको यो साता राम्रो बित्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल –

मेष राशि

यो साता मिश्रित फलदायी रहेको छ । साताको सुरुवात तपाईंका लागि निकै शुभ रहनेछ । तपाईको मनलाई शान्ति प्रदान गर्नेछ । तपाईंको घरमा सुख शान्तिको वातावरण रहनेछ । परिवारका सदस्यहरूबीच आपसी समझदारी र प्रेममा वृद्धि हुनेछ। समाजमा तपाईको मान सम्मान बढ्नेछ । घरजग्गासम्बन्धी व्यापारमा वृद्धि हुनेछ । तपाईं घरको लागि महत्त्वपूर्ण सामानहरू किन्न सक्नुहुन्छ । रोकिएको परियोजना पुनः सुरु गर्ने सम्भावना छ । प्रेम विवाह सम्बन्धमा पारिवारिक सहमति प्राप्त हुने सम्भावना पनि छ । 

यो साता तपाईंको धनमा थप वृद्धि हुने संकेत गर्दछ । सन्तानबाट शुभ संकेतले मनलाई प्रशन्न बनाउन सक्छ, विद्यार्थीहरूलाई उच्च शिक्षा प्राप्त गर्ने सम्भावना छ । विद्यार्थीको पढाइसम्बन्धी समस्या समाधान हुनेछ । यो साता स्वास्थ्य सामान्य रहनेछ । आफ्नो खानपानको ख्याल राख्नुहोस्। पेटसम्बन्धी समस्या आउन सक्छ । यो साता कुनै पनि ठूला निर्णय सोचेर लिनुहोस्।

उपाय- हनुमान चालिसा नियमित पाठ गर्नुस् ।

वृष राशि

वृष राशिका लागि यो साता शुभ रहनेछ । तपाईंको लग्नमा मंगल र बृहस्पतिको संयोगले लाभ दिने सम्भावना छ । तपाईंको ज्ञान बढ्नेछ र ज्ञानको कदर हुनेछ। कारण तपाईंको घरभित्र कुनै न कुनै प्रगति देखिनेछ । भवन, सवारी साधन लिन चाहनुहुन्छ भने छिट्टै इच्छा पूरा हुने देखिन्छ । तपाईं आफ्नो घर वा कार्यालयको मर्मतको लागि योजना बनाउन सक्नुहुन्छ। कपडा व्यवसायीहरुको आम्दानी बढ्न सक्छ । साथीभाइको सहयोगले मन प्रसन्न रहनेछ । व्यापारमा साझेदारहरूसँग केही सम्झौता गर्न सक्नुहुन्छ । कडा परिश्रमले सार्थक परिणाम दिनेछ । नयाँ कुरा सिक्न र जान्न उत्सुक हुनुहुनेछ । सप्ताहन्त पनि सुखद रहनेछ।

यो साता जीवनसाथीको माया र सम्मान बढ्नेछ । तपाईं आफ्नो वैवाहिक जीवनमा धेरै खुसी हुनुहुनेछ । यो साताको सुरुमा केही चुनौतिहरू आउन सक्छन् तर क्रमशः सबै कुरा मिल्नेछ।  यात्राको सम्भावना छ । साताको सुरुमा रोमाञ्चक यात्रामा जान सकिनेछ, आफ्नो ख्याल गर्नुस् । यो साता कडा परिश्रम र समर्पणबाट करियरमा प्रगति हुनेछ । कार्यस्थलमा नयाँ जिम्मेवारी पाउन सकिनेछ । उच्च अधिकारीबाट प्रशंसा प्राप्त हुनेछ । व्यापारमा स्थायित्व आउनेछ, नयाँ साझेदारीको बारेमा सोच्नुहोस्।

उपाय- लक्ष्मी चालिसा नियमित जप गर्नुस् ।

मिथुन राशि

यो साता राम्रो रहनेछ । साता आर्थिक स्थितिमा सुधार आउनेछ र आर्थिक लाभ हुने सम्भावना छ । कार्यस्थलमा तपाईको प्रदर्शन प्रशंसनीय हुनेछ । परिवारसँग राम्रो समय बित्नेछ । तपाईंको बोलीको प्रभावले मानिसहरु आकर्षित हुनेछन् । बुध र शुक्रको संयोगले तपाईको व्यवहारमा पूर्ण लचकता आउने छ जसका कारण मानिसहरु तपाईबाट धेरै प्रभावित भइरहेका छन् ।  यो हप्ता तपाईले आफ्नो करियरमा नयाँ अवसरहरू पाउन सक्नुहुन्छ । पदोन्नति वा नयाँ कामको सम्भावना छ । व्यापारमा जोखिम मोल्नबाट जोगिनुहोस् । स्थिरता कायम राख्नुहोस्। यो हप्ता आफ्नो पार्टनरसँग समय बिताउनुहोस् र तिनीहरूलाई बुझ्ने प्रयास गर्नुहोस्। सम्बन्धमा तनाव आउन सक्छ । धैर्य हुनुहोस् र संचार बढाउनुहोस्।

जीवनमा शान्ति आउने बेला आएको छ । विशेषगरी विदेश जान चाहने युवाहरुको लागि यो साता काम बन्छ । वैदेशिक रोजगारीमा जान चाहने युवाका लागि यो राम्रो अवसर हो । शेयर बजारमा पैसा लगानी नगर्नुहोस्। यो साता खर्च बढ्न सक्छ।यो साता आफ्नो उपलब्धिमा केही शंका लाग्नेछ। तपाईंको आत्मविश्वासमा केही कमी आउन सक्छ । केही सहकर्मीले तपाईंको विरुद्ध षड्यन्त्र रच्न सक्छन्।

उपाय- ॐ गम गणपताय नम दैनिक १०८ पटक नियमित जप गर्नुस् ।

कर्कट राशि

साताको सुरुवात निकै शुभ रहनेछ । लग्नमा सूर्यको गोचरले तपाईंको बल र वीरता बढाउँदैछ । साताको सुरुवात निकै रमाइलो रहनेछ । पुराना अड्किएका काम बन्नाले तनाव हट्नेछ । कतै अड्किएको पैसा फिर्ता हुन सक्छ तर कसैलाई ऋण नदिनुहोस्। सेयर बजारमा पैसा लगानी गर्ने युवाहरूको लागि, यो बुद्धिमानीपूर्वक लगानी गर्ने समय हो। घाटा हुने सम्भावना छ । रोजगारी खोज्ने युवाहरुको लागि यो साता शुभ रहनेछ । हार्डवेयरमा संलग्न युवा मेकानिकहरूका लागि विशेष रूपमा सफल साबित हुनेछ।आर्थिक स्थितिमा सुधार आउनेछ । नयाँ परियोजनामा ​​लगानी गर्न सकिनेछ । धन सम्वन्धमा केही समस्या आउन सक्छ, सावधान रहनु होला ।

यो साता काममा ध्यान दिनुहोस् र आफ्नो क्षमताको पूर्ण उपयोग गर्नुहोस्। नयाँ परियोजनाहरूमा ध्यान दिनुहोस्।  व्यापारमा लाभ हुनेछ । यो साता तपाईले आफ्नो जीवनशैलीमा सुधार गर्न समय खर्च गर्नुहुनेछ । कानुनी मामिलामा जित हात पार्न सकिनेछ।  यो साता तपाईंको आर्थिक अवस्था राम्रो रहनेछ।नयाँ योजनाको थालनी हुने प्रबल सम्भावना छ । आफ्ना दाजुभाई तथा दिदीबहिनीको उपलब्धिमा गर्व हुनेछ ।  

उपाय – प्रत्येक दिन शिवलिंगमा जल चढाएपछि रुद्राक्ष मालासहित ॐ नमः शिवाय मन्त्रको एक माला जप गर्नुहोस्।

सिंह राशि

यो साता शुभ रहेको छ । बोलीको मिठासले समाजमा मान-प्रतिष्ठा मिल्नेछ । यो साताको प्रारम्भमा केही बाधाहरू आउन सक्छन्, तर धैर्य राख्नुहोस् । साझेदारीमा काम गर्दा फाइदा हुनेछ।  यो साता आफ्नो करियरमा सफलता मिल्नेछ। महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । व्यापारमा वृद्धि हुनेछ । नयाँ अवसरको फाइदा उठाउनुहोस्। यो साता सचेत रहनु भयो भने तपाईको काममा सुचारु हुनेछ ।  ठूला कम्पनीबाट रोजगारीको अवसर मिल्नेछ । नयाँ योजनाको रूपरेखा बनाउन सकिन्छ।  व्यापारमा नयाँ प्रयोग गर्न सकिनेछ । 

कुनै गल्तीको लागि तपाईंलाई दोषी महसुस हुनेछ। विपक्षीहरूले तपाईंको बारेमा अफवाह फैलाउन सक्छन्। सेयर बजारमा आबद्ध व्यक्तिले होसियारीपूर्वक लगानी गर्नुपर्छ ।  महत्वपूर्ण कुरा हतारमा नग्र्नु होला । यो साता प्रेम र सम्बन्धमा मधुरता रहनेछ। साथीसँग यात्राको सम्भावना छ। यो साता अहंकारबाट बच्नुहोला ।

उपाय-  ॐ घृणि सूर्याय नम जप गर्नुस‍्, आइतबारदेखि सूर्यलाई  नियमित जल चढाउनुस् ।

कन्या राशि

यो साता निकै शुभ फलदायी रहेको छ । लग्नमा केतुको निरन्तर स्थितिले तपाईलाई प्रगति प्रदान गरिरहेको छ, अध्यात्मिक रहनुस् । विदेश यात्रा गर्नुपर्ने वा दैनिक यात्रुको रुपमा काम गर्नेहरुका लागि यो साता खासै शुभ फल दिनेवाला छैन । अदालती मुद्दामा सफलता मिल्नेछ । यो साता आफ्नो योजनामा ​​सफलता मिल्नेछ। रचनात्मक कार्यमा संलग्नता रहनेछ । समाजमा प्रतिष्ठा बढ्नेछ । यो साता करियरमा कडा परिश्रमको नतिजा मिल्नेछ। नयाँ जिम्मेवारी पाउन सकिनेछ ।

व्यापारमा सावधानी अपनाउनुहोला, घाटा हुने सम्भावना छ । रोजगारीको खोजीमा भौतारिने युवाहरुको लागि यो साता विशेष शुभ फलदायी रहेको छ । तपाईंहरुले चाँडै राम्रो रोजगार पाउनुहुनेछ । राजनीतिमा आबद्ध व्यक्तिले संघर्ष गर्नुपर्नेछ । यदि तपाईंलाई सुगर छ भने तपाईंले एक हप्तासम्म आफ्नो खानपानमा विशेष ख्याल गर्न आवश्यक छ । रोगहरु बढ्न सक्ने छ । व्यायाममा विशेष ध्यान दिनुहोला । 

उपाय- ॐ नमो भगवते बासुदेबाय मन्त्र दैन्निक १०८ जप गर्नुस् । सोमबार शिवजीको मन्दिरमा बेलपत्र चढाउनुस् ।

तुला राशि 

तुला राशि हुनेहरुका लागि यो साता निकै शुभ रहनेछ । तपाईंलाई निरन्तर धन प्राप्त हुने सम्भावना रहन्छ । यो साता कार्यस्थलमा सबै काम सुचारु रूपमा अगाडि बढ्नेछन्। खर्चमा कमी आउनुका कारण आर्थिक स्थितिमा सुधार आउनेछ । यो साता नयाँ अवसर मिल्नेछ । कार्यस्थलमा प्रशंसा प्राप्त हुनेछ । व्यावसायिक जीवनमा प्रगतिको सम्भावना छ । सहकर्मीबाट सहयोग मिल्नेछ । आर्थिक मामिलामा सजग रहनुहोला । बुद्धिमानीपूर्वक लगानी गर्नुहोस्। यात्राको सम्भावना छ । प्राविधिक शिक्षासँग सम्बन्धित विद्यार्थीहरूले राम्रो करियर विकल्पहरू पाउन सक्छन्। 

नयाँ सवारी साधन खरिद गर्न सकिनेछ । उच्च अधिकारीहरूसँगको सम्बन्ध सुमधुर रहनेछ। यदि तपाईं कुनै पनि प्रकारको परामर्श सेवासँग आबद्ध हुनुहुन्छ भने तपाईंको लागि यो साता धेरै शुभ रहेको छ । प्रतिद्वन्द्वीहरूले पनि तपाईंको प्रशंसा गर्नेछन् । धर्म कर्ममा मन लाग्ने छ । वैदेशिक कार्यमा विशेष लाभ मिल्ने सम्भावना छ । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि विशेष सफलताको सम्भावना छ । मुद्दा मामिलामा सफलता मिल्ने सम्भावना छ । सबै निर्णय तपाईंको पक्षमा हुने सम्भावना छ। 

उपाय- दुर्गा चालिसा नियमित पाठ गर्नुस् ।

वृश्चिक राशि   

वृश्चिक राशि हुनेहरुको लागि यो साता मिश्रित रहनेछ । तपाईंको ज्ञानको चारैतिर प्रशंसा हुने छ । तपाईंको बुद्धिमानी निर्णयले सबै ठाउँमा सफलता दिलाउनेछ। यो साता प्रगतिको बाटो खुल्ने छ जसका कारण धन प्राप्तिको विशेष अवसर मिलिरहेको छ ।  नयाँ सोच र कार्यशैलीबाट लाभ मिल्नेछ।  समाजमा मान सम्मान मिल्नेछ । काममा तपाईका वरिष्ठहरू खुसी हुनेछन् र तपाईको कामको प्रशंसा गर्नेछन्। यो साता व्यवसायिक सफलताले भरिपूर्ण रहनेछ।  विलासितामा धन खर्च हुनेछ ।

भविष्यका लागि योजना बनाउन सकिनेछ । व्यापार व्यावसायमा सोचेभन्दा बढी धन आर्जन हुनेछ । तपाईंको आत्मविश्वास बढ्नेछ।आफ्नो छोराछोरीको संगतमा ध्यानदिनुहोला ।।उच्च रक्तचापका बिरामीले सावधानी अपनाउनुपर्छ । सेयर बजारमा सोचेर मात्रै लगानी गर्नुहोस्, यो साता हतारमा कुनै निर्णय नलिनुहोला ।

उपाय- हनुमान चालिसाको नियमित पाठ गर्नुस् ।

धनु राशि

धनु राशि हुनेहरुका लागि यो साता मिश्रित रहने छ । साताको सुरुमा केही तनाव महसुस हुनेछ तर केही काममा प्रगति देख्नुहुनेछ । कार्यस्थलमा कठिनाइको सामना गर्नुपर्नेछ, सावधान रहनुस् । व्यवसाय विस्तार गर्ने अवसर मिल्नेछ । पुराना साथीभाइसँग भेटघाट हुनेछ । धेरै योजना समयमै पूरा हुनेछन्। तपाईंको दिनचर्या व्यवस्थित र अनुशासित रहनेछ।  ठूला कार्यक्रममा भाग लिन सकिनेछ ।  यो साता पुरानो लगानीबाट अवश्य लाभ मिल्नेछ।  साझेदारी व्यवसायमा लाभ मिल्नेछ । समाजमा तपाईको सक्रियता बढ्नेछ। आफन्तसँगको विवाद समाधान हुनेछ । लेखा तथा वित्त सम्बन्धी कार्यमा बाधा अड्चन हट्नेछ । 

यो साता करियरमा प्रगति हुनेछ । नयाँ योजनामा ​​काम गर्न थाल्नुहोस्। व्यापारमा लाभ हुनेछ । व्यापार व्यवसायमा नयाँ योजनाको शुभारम्भ हुनेछ । साताको अन्त्यमा  नोकरी तथा व्यवसायमा प्रगति हुने संकेत देखिन्छ । सहकर्मीबाट सहयोग मिल्नेछ । भाग्यमा भर परेर निर्णय गर्नाले सफलता मिल्नेछ । शेयर बजारमा पैसा लगानी नगर्नुहोस् यो साता अध्यन गर्नुस् । लगानीको लागि राम्रो समय रहेको छैन ।यो साता अनावश्यक यात्रा नगर्नुहोस्। यो साता स्वास्थ्य सम्बन्धी समस्याको सामना गर्नुपर्नेछ, ध्यान दिनुस् ।

उपाय- विष्णु सहस्त्रनाम नियमित पाठ गर्नुस् ।

मकर राशि

मकर राशिका लागि साताको सुरुवात निकै शुभ रहनेछ । जागिरे व्यक्तिले पदोन्नति पाउन सक्नेछन् । यो साता करियरमा सफलता मिल्नेछ । नयाँ जिम्मेवारी पाउन सकिनेछ । व्यापारमा वृद्धि हुनेछ । नयाँ परियोजनाहरूमा काम गर्नुहोस् सफल हुनुहुने छ । तपाईं प्रभावकारी रूपमा आफ्नो विचार व्यक्त गर्न सक्षम हुनुहुनेछ। परिवारमा सुख शान्तिको वातावरण रहनेछ।  साताभर संयमता अपनाउनुपर्छ।  होटल व्यवसायीका लागि साता राम्रो रहनेछ।  रोकिएको धन प्राप्त हुने सम्भावना छ ।

साताको अन्त्यमा मन शान्त राख्नुहोस, संयमता अपनाउनुहोस, आर्थिक हानिको सम्भावना छ । दाजुभाइ वा दिदीबहिनीको सम्बन्धमा कुनै प्रकारको चिन्ता सृजना हुन सक्छ वा आपसी विवादको सम्भावना छ। छोराछोरीले आफ्नो करियरमा राम्रो लाभको अवसर प्राप्त गर्नेछन्। भविष्यको लागि हतारमा कुनै योजना नबनाउनुहोस्। महत्वपूर्ण काममा ढिलाइ हुने सम्भावना छ । खानपिनमा सावधानी अपनाउनुपर्छ । बुवाको स्वास्थ्यमा केही समस्या आउनसक्छ ।

उपाय- हनुमान चालिसा नियमित पाठ गर्नुस् ।

कुम्भ राशि

कुम्भ राशिका लागि यो साताको सुरुवात निकै राम्रो रहनेछ । रोकिएका काम पूरा गर्ने प्रयास हुनेछ, जसमा अवश्य सफलता मिल्नेछ । साताको मध्यतिर नयाँ व्यापार सुरु गर्न सकिनेछ।  तपाईंको दक्षता बढ्नेछ।  प्रविधिसँग सम्बन्धित कामका लागि साता विशेष लाभदायक छ।  तपाईं आफ्नो करियरलाई अगाडि बढाउनमा पूर्ण रूपमा केन्द्रित रहनुहुनेछ। यो साता नयाँ अवसर मिल्नेछ । कार्यस्थलमा प्रशंसा प्राप्त हुनेछ। करियर र सम्बन्धमा नयाँ सुरुवात हुन सक्छ।  करियरमा प्रगति हुनेछ ।  नयाँ अवसर मिल्न सक्छ ।  व्यापारमा लाभ हुनेछ ।भविष्यको लागि कार्यहरू नछोड्नुहोस्, अल्छी नबन्नु होला, अन्यथा तपाईंले भविष्यमा तिनीहरूका कारण समस्याहरूको सामना गर्नुपर्नछ । तपाईंको घरमा कुनै नयाँ वाहन ल्याउने सम्भावना छ । यदि तपाईं निजी काममा हुनुहुन्छ भने राम्रो मूल्याङ्कन प्राप्त हुने सम्भावना छ । रोजगारीको खोजीमा रहेका युवाहरूको लागि निरन्तर राम्रो रोजगारी पाउने सम्भावना छ । रोजगारीका लागि यो साता अनुकूल रहनेछ। आफन्तसँग राम्रो समय बित्नेछ । परिवारसँग शुभ कार्यक्रमको आनन्द लिनेछ । भावी योजनामा ​​अलिकति शंका हुनेछ । आफ्नो खर्चमा कटौती गर्नुहोस्। विपरीत लिंगका व्यक्तिहरूप्रति आकर्षणले तपाईंलाई समस्या ल्याउन सक्छ।

उपाय- हनुमान चालिसाको नियमीत पाठ गर्नुस् । सोमबार शिवजीलाई मह चढाउनुस् ।

मीन राशि

मीन राशि हुनेहरुका लागि यो साता नयाँ सम्बन्ध सुरु गर्न सकिनेछ । व्यापार व्यवसायमा ठूला लगानीकर्ताबाट पनि सहयोग मिल्ने सम्भावना छ ।  प्रतिस्पर्धात्मक परीक्षामा तपाईको प्रदर्शन उत्कृष्ट रहनेछ।  कलासँग सम्बन्धित व्यक्तिहरूले राम्रो पुरस्कार प्राप्त गर्न सक्छन्। पुरानो आर्थिक नोक्सानको क्षतिपूर्ति हुनेछ। पति-पत्नीको सम्बन्धमा मधुरता बढ्नेछ।  कार्यस्थलमा आफ्नो क्षमता र योग्यता प्रमाणित गर्ने अवसर मिल्नेछ।  अनुभवी व्यक्तिहरूसँग गम्भीर विषयमा छलफल गर्न सकिन्छ।तपाईलाई निरन्तर धन लाभ हुने सम्भावना छ। वीरता बढ्दै जाँदा मान-सम्मान बढ्न सक्छ। तपाईंले समाजमा नयाँ पहिचान पाउनुहुनेछ।

यो साता करियरमा कडा परिश्रमको नतिजा मिल्नेछ। पदोन्नतिको सम्भावना छ । व्यापारमा लाभ हुनेछ । लगानीको लागि राम्रो समय रहेको छ । यो साता प्रेम र सम्बन्धमा मधुरता रहनेछ।  आफ्नो पार्टनरसँग समय बिताउनुहोस्। शत्रुहरु बढ्ने संकेत देखिन्छ सावाधान रहनुस् । दाजुभाइको प्रगतिले पनि मन प्रसन्न रहनेछ। यो साता तपाईंले आफ्नो जीवनमा यस्ता परिवर्तनहरू देख्नुहुनेछ  जसका कारण तपाईको जीवनमा परिवर्तन हुने छ ।

उपाय- ॐ नम शिवायको नियमित जप गर्नुस् ।

Logo