हिमालयको आइपीओमा दोस्रो दिनमै माग भन्दा बढी आवेदन

हिमालयको आइपीओमा दोस्रो दिनमै माग भन्दा बढी आवेदन

केन्द्रबिन्दु
0
Shares

हिमालय उर्जा विकास कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओमा दोस्रो दिन (बिहीबार) नै माग भन्दा बढी आवेदन परेको छ।  कम्पनीको आइपीओमा दोश्रो दिन १.२५ गुणा बढीको आवेदन परेको हो  ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्ले २१ हजार ५८० जना आवेदकहरुले १६ लाख ७० हजार ९०० कित्ता शेयरको लागि १६ करोड ७० लाख ९० हजारको आवेदन परेको जनाएको छ । कूल १४ लाख ८५ हजार कित्ता साधारण शेयरमध्ये कर्मचारीहरुलाई ३ प्रतिशत अर्थात ४४ हजार ५५० कित्ता र सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ७४ हजार २५० कित्ता छुट्टाइएको छ ।

अहिले बजारमा आएका जलविद्युत् कम्पनीको शेयरमध्ये प्रतिमेगावाट लागत कम भएका कारण लगानीकर्ताहरुको उत्साहजनक सहभागीता भएको बुझिएको छ । प्रतिमेगावाट निर्माण गर्नको लागि लागत करिब ३ अर्ब १५ करोड रहेको छ ।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ प्रतिमेगावाटको उपल्लो खिम्ति र ७ प्रतिमेगावाटको अपर खिम्ति गरी कुल १९ मेगावाटका आयोजनाहरु निर्माण गरिरहेको छ ।

Logo