लेबनान छाड्न आफ्ना नागरिकलाई अमेरिका र बेलायतको आग्रह

लेबनान छाड्न आफ्ना नागरिकलाई अमेरिका र बेलायतको आग्रह

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावलाई लिएर बेलायतपछि अमेरिकाले पनि आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ । लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई आइतवार यस्तो आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ ।

दूतावासले जस्तो टिकट मिल्छ तुरुन्त लेबनान छोड्नू भनेर आफ्ना नागरिकलाई आग्रह गरेको छ । यस क्षेत्रको अवस्था तीव्र गतिमा बिग्रन सक्ने बताउँदै यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि आफ्ना नागरिकलाई लेबनान छान्न आग्रह गरेका थिए । जोर्डनका विदेशमन्त्रीले पनि आफ्ना नागरिकहरूलाई लेबनान छाड्न आग्रह गरेका छन् ।

बेरुदमा हिजबुल्लाहका सैन्य कमान्डर फौद शुक्र मारिएको इजरायलले दाबी गरेको केही घण्टापछि तेहरानमा हमास नेता इस्माइल हानियाको पनि मृत्यु भएको खबर आएपछि त्यसको जवाफमा हिजबुल्लाहले लेबनानबाट उत्तरी इजरायलको बेत हिलेल इलाकामा केही रकेट प्रहार गरेको छ । यस घटनापछि इरानले इजरायलविरुद्ध बदला लिने बताएसँगै मध्यपूर्वमा तनाव बढ्ने सम्भावना बढेको छ ।

इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूले आफ्ना नागरिकलाई ‘अगाडि चुनौतीपूर्ण दिन आउने, आफूले अनेकौँ धम्की सुनिरहेको र इजरायल कुनै पनि परिदृश्यको लागि तयार रहेको’ बताएका छन् ।

Skip This
Skip This
Logo