टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । दाङमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको टिप्परको ठक्करबाट घोराही उपमहानगरपलिका – १५ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको हो ।

दाङ प्रहरीका अनुसार शुक्रबार बेलुका सवा ८ बजेतिर बस्नेतले चलाएको बा ५८ प ५६०५ नम्बरको मोटरसाइकललाई लु २ ख ५०८५ नम्बरको टिप्परले घोराही – १० अम्राई नजिकै ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका बस्नेतलाई उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठिान घोराही लगिएकोमा उनको केही बेरमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्पर र चालक प्रहरीको नियन्त्रणमा छ ।

Logo