ताप्लेजुङ कारागारमा क्षमताभन्दा पाँच गुणाबढी कैदीबन्दी

ताप्लेजुङ कारागारमा क्षमताभन्दा पाँच गुणाबढी कैदीबन्दी

केन्द्रबिन्दु
15
Shares

ताप्लेजुङ । जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । करिब २५ जनाको क्षमता भएको कारागारमा पाँच गुणाबढी कैदी राखिएका छन् ।

जिल्ला कारागार कार्यालयका प्रमुख कुलेन्द्र खवासका अनुसार हाल एक सय २३ कैदी र २२ थुनुवा गरी एक सय ४५ कैदीबन्दीलाई राखिएको छ ।

कारागारमा ७३ जना जबर्जस्ती करणीका मुद्दा झेलिरहेका छन् भने ज्यान मार्ने उद्योगका सात, कर्तव्य ज्यान तथा हातहतियार खरखजानाका एक, डाँका र चोरी मुद्दाका ६, लागूऔषधका ६ र सवारी दुर्घटना गराएका तीनजना कैदीबन्दी छन् ।

विसं १९९२ मा २५ जना कैदीबन्दी अटाउने गरी निर्माण गरिएको कारागार तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ साना–ठूला ९ वटा घर छन् ।

Logo