राप्रपा नेता लिङ्देन अस्वस्थ, एयर एम्बुलेन्सबाट काठमाडौं ल्याइयो

राप्रपा नेता लिङ्देन अस्वस्थ, एयर एम्बुलेन्सबाट काठमाडौं ल्याइयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री तथा झापा क्षेत्र नं ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनलाई निमोनियाले ग्रस्त बनाएपछि उपचारका लागि विहिबार झापाबाट काठमाडौं ल्याइएको छ ।

पार्टीका जिल्ला सचिव केशव ओझाका अनुसार केही दिनदेखि अस्वस्थ उनलाई निमोनिया सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि विर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । निरन्तर अक्सिजनको मात्रा घट्न थालेपछि नेपाली सेनाको एयर एम्बुलेन्स झिकाएर थप उपचारका लागि उनलाई विहिबार बेलुकी ७ः३० बजे काठमाडौं ल्याइएको ओझाले बताए।

नेपाली सेनाको एयर एम्बुलेन्स चन्द्रगढी विमानस्थलमा अवतरण भएको थियो । उनलाई काठमाडौँको मेडिसिटी हस्पिटल लगिएको छ । उनको पिसिआर परीक्षण गरिएको र कोभिड–१९ नेगेटिभ रिपोर्ट आएको ओझाले जानकारी दिए। सांसद लिङ्देनले झापामा राप्रपाले आयोजना गरेको मोटरसाइकल र्यालीको नेतृत्व गरेका थिए ।

Logo