भक्तपुर
बिरामी बाबुको झारफुक गर्न गएकी एक १३ वर्षीय बालिकालाई बलात्कार गरी फरार भएको झाक्रीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । "/>

झारफुकको बहानामा बलात्कार गर्ने धामी पक्राउ

झारफुकको बहानामा बलात्कार गर्ने धामी पक्राउ

केन्द्रबिन्दु
0
Shares

भक्तपुर

बिरामी बाबुको झारफुक गर्न गएकी एक १३ वर्षीय बालिकालाई बलात्कार गरी फरार भएको झाक्रीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका लोकन्थलीमा सञ्चालन गरेको झारफुक केन्द्रमा मकवानपुर मकवानपुरगढी गाउँपालिका घर भई हाल चाँगुनारायण नगरपालिका बस्ने ३५ वर्षीय गुरु रोशन भन्ने हिरामणि घिमिरेलाई प्रहरीले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

गत १९ गते बिरामी बाबुलाई झारफकु गर्न साथी गएकी १३ वर्षीय बालिकालाई घरभित्र बोलाई धामी घिमिरेले बाबुको आँखामा पट्टी बाँधेर उपचार गर्नुपर्छ भन्दै पट्टी बाँधेर बालिकालाई  बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको पोखरेलले बताए ।

धामीले जबरर्जस्ती गरेको बाबुलाई बताएपछि सोही दिन प्रसूति गृह थापाथलीमा बालिकाको स्वास्थ्यपरीक्षण गरिएको प्रहरीको भनाइ छ । जोहरी आएलगत्तै प्रहरी सोही दिन घटनास्थल पुग्दा धामी घिमिरे फरार भएका थिए । प्रहरीले रसुवाको कालिका गाउँपालिका–३ कटुन्जेस्थित आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो । रासस

Skip This
Skip This
Logo