बारमा वाम वचस्व

बारमा वाम वचस्व

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाल बार एशोसिएसनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कानून व्यवसायी विजयी भएका छन् । २५ सदस्यीय कार्यसमितिमा अध्यक्ष सहित २३ जना प्रगतिशिल समुह निर्वाचित भएको छ ।

३ वर्षे कार्यकालको २५ सदस्यीय कार्यसमितिमा वाम–प्रगतिशिल समुहले अध्यक्ष सहित ७ उपाध्यक्ष, कोषाध्यक्ष र १४ सदस्य निर्वाचित भएका छन् । विहीवार अपरान्ह्र सार्वजनिक भएको मत परिणाम अनुसार प्रगतिशिल समुहका चन्डेश्वर श्रेष्ठ ४ हजार २२ मतका साथ अध्यक्षमा विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समुहका सुनिल पोखरेलले ३ हजार ८ सय ७३ मत प्राप्त गर्नुभयो ।

महासचिव र प्रदेश ५ को उपाध्यक्षमा भने लोकतान्त्रिक समुहले जितेको छ । लोकतान्त्रिक समुहका लीलामणि पौडेल ४ हजार १ सय ७८ मतका साथ महासचिवमा विजयी हुनु भएको छ भने उहाँका प्रतिद्वन्द्वी प्रगतिशिलका सुरेन्द्र बहादुर थापाले ३ हजार ७ सय १ मत पाउनु भएको छ । प्रदेश ५ को उपाध्यक्षमा सुनिल कुमार श्रेष्ठ ३ हजार ९ सय ८६ मतका साथ विजयी हुनु भएको छ । उहाँका प्रतिस्पर्धी प्रगतिशिलका लिलाधर मरासिनीले ३ हजार ८ सय ५७ मत प्राप्त गर्नु भएको छ ।
नेपाल समाचारपत्रबाट

Logo