कांग्रेस नेतृत्वलाई अन्तिम चेतावनी, निर्णय नसच्चिए हस्ताक्षर संकलन गर्ने धम्की

कांग्रेस नेतृत्वलाई अन्तिम चेतावनी, निर्णय नसच्चिए हस्ताक्षर संकलन गर्ने धम्की

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले अब बस्ने केन्द्रिय समिति बैठकले महासमिति बैठकको निर्देशन विपरित बहुमतद्धारा केन्द्रिय समितिले पारित गरेको विधान संशोधनको निर्णय नसच्चाए विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गर्ने चेतावनी दिएका छन् । विशेष महाधिवेशनका लागि ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर चाहिन्छ ।

काठमाडौंमा दुई दिन सम्म चलेको जिल्ला सभापतिहरुको भेलाले कांग्रेस नेतृत्वलाई महासमितिको निर्णयलाई नलत्याउन आग्रह गर्दै नत्र विशेष महाधिवेशनको तयारी थाल्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रिय समिति बैठक भोलि शनिवारका लागि आव्हान गरिएको छ ।

विधानमा मुख्य गरी समानुपातिक समावेशी कोटामा एक जनालाई एक पटक भन्दा बढी अवसर दिन नहुने र केन्द्रिय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुन नपाउने भन्ने महासमिति बैठकको निर्णय कार्यान्वयन नभएपछि जिल्ला सभापतिहरु केन्द्रिय नेतृत्वसंग आक्रोशित भएका छन् ।

गत मंसिर २८ देखि पुस ८ गतेसम्म काठमाडौंमा सम्पन्न महासमिति बैठकले आरक्षण कोटामा एक व्यक्तिलाई एक पटक मात्र अवसर दिने र केन्द्रिय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हटाउने निर्णय गरेको थियो । महासमिति बैठकले पारित गरेको उक्त निर्णयलाई विधानमा समाबेश गरी संशेधित विधान केन्द्रिय समितिबाट अनुमोदन गर्ने भनी शीर्ष नेताहरुले समेत प्रतिवद्धता व्यक्त गरेका थिए ।
नेपाल समाचारपत्रबाट

Logo