दाङमा जीप दुर्घटना हुँदा सात जना घाइते

दाङमा जीप दुर्घटना हुँदा सात जना घाइते

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । दाङमा यात्रु चढेको जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार आइतबार साँझ तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप शान्तिनगर १ हाँडिचारमा दुर्घटना हुँदा सात जना घाइते भएका हुन् ।

दुर्घटनामा सल्यान त्रिवेणी गाउँपालिका–३ टोट्केका ४६ वर्षीय यमबहादुर केसी, सोही ठाउँका ४५ वर्षीय ऐश्वर्य केसी, सोही ठाउँका ४५ वर्षीया पार्वती केसी, ३४ वर्षीया रेखा ओली, रुकुम–पश्चिम त्रिवेनी गाउँपालिका–३ निवासी २५ वर्षीया सरिता खड्का, सल्यान त्रिबेणी गाउँपालिका–३ निवासी ३१ वर्षीया रोजिका ओली र लमजुङको मध्येनेपाल नगरपालिका–७ निवासी २४ वर्षीया लिला बाँस्तोला घाइते भएका छन् ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । जीप अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको र चालक फरार छन् ।

Logo