काभा वुमन्स भलिबल लिगमा नेपाल इरानसँग पराजित

काभा वुमन्स भलिबल लिगमा नेपाल इरानसँग पराजित

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपाल इरानसँग पराजित भएको छ । घरेलु टिम नेपाललाई इरानल ३–२ ले हराउँदै प्रतियोगितामा दोस्रो जित हात पारेको हो ।

आइतबार दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा इरानले २५–१६, १६–२५, २५–२३, १५–२५ र १५–१३ ले नेपाललाई हराएको हो । पहिलो, तेस्रो र पाँचौँ सेट इरानले जित्यो । दोस्रो र चौथो सेट भने नेपालले जितेको हो । नेपालले पहिलो सेट २५–१६ मा सुम्पियो । नेपालले ४–० को अग्रतासहित सुरु गरेको दोस्रो सेट २५–१६ ले जित्यो ।

तेस्रो सेटमा पूरै उतारचढावको सेट रह्यो । नेपालले ६–२ को अग्रता लिँदा इरानले कमब्याक गर्दै ९–८ को स्थितिबाट नेपालले पुनः खेलमा फर्किँदै ११–१० को स्थितिमा ल्यायो । उक्त सेट इरानले २५–२३ ले जित्यो । चौथो सेट नेपालले २५–१५ ले जित्यो । पाँचौँ सेटमा इरानले १५–१३ ले जितेको हो ।

यसअघि नेपालले श्रीलंकालाई ३–० को सेटमा र भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो । पहिलो खेलमा भारतसँग ३–१ ले पराजित भएको इरानले दोस्रो खेलमा भने माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो । नेपालको यो भने पहिलो हार हो ।

Logo