हावाहुरी प्रभावितलाई जलविद्युत विकास कम्पनीले ४ लाख रुपैयाँ दियो

हावाहुरी प्रभावितलाई जलविद्युत विकास कम्पनीले ४ लाख रुपैयाँ दियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारी स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले बारा र पर्साका हावाहुरी प्रभावितहरुका लागि चार लाख राहत उपलब्ध गराएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत छबिराज पोखरेलले बिहीबार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव शिशिरकुमार ढंगानालाई सो राहत रकम हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री राहत कोषमार्फत बारा र पर्साका हावाहुरी प्रभावितहरुका लागि ४ लाख राहत रकम हस्तान्तरण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव अध्यक्ष रहने सो कम्पनीको गत बुधबार बसेको बैठकले कम्पनीको सामाजिक उत्तरदायित्व कोषमा रहेको सो रकम बारा र पर्साको हावाहुरी प्रभावितलाई राहत दिने निर्णय गरेको थियो । हालसम्म ३ अर्ब ९ करोड मुनाफा आर्जन गर्न सफल सो कम्पनीले राज्यलाई १ अर्ब ६५ करोड कर बुझाई सकेको छ ।

Logo