काठमाडौं
माग संख्या भन्दा अत्यन्तै कम परीक्षार्थी उत्तीर्ण हुन थालेपछि सशस्त्र प्रहरी बलले पाठ्यक्रम नै परिमार्जन गरेको छ । शारीरिक सहिष्णुता लगायत विषयमा राम्रो नतिजाका साथ उत्तीर्ण उम्मेद्वार लिखित परीक्षामा आएर अनुत्तीर्ण भएपछि सशस्त्र प्रहरी बलले पाठ्यक्रम नै परिमार्जन गरी सेवा प्रवेशको मौका दिन लागेको हो ।
सशस्त्रको नयाँ नीतिका कारण माग गरे बमोजिम उम्मेदवार उत्तीर्ण हुने र यसबाट राज्यकोषमा थप आर्थिक भार नपर्ने अपेक्षा गरिएको छ । साथै बढी भन्दा बढी उत्तीर्ण हुँदा सशस्त्रको जनशक्ति पूर्ति भई कार्यसम्पादनमा समेत सहज हुनेछ । हाल सशस्त्र प्रहरी बलमा ५ हजार ३ सय ८१ जनशक्ति कम छ । ३७ हजार ११७ दरबन्दी रहेको सशस्त्रमा यो संख्या भनेको झण्डै १५ प्रतिशत कम हो । यो भनेको आठ वटा बाहिनी बराबरको जनशक्ति हो ।
सशस्त्र प्रहरी बलले जवान पदका लागि ३१ साउन ०७४ मा खुलाएको दरखास्तमा ७ हजार ३९१ लिखित परीक्षामा सहभागी भएका थिए । तर दुई हजार १९३ मात्र उत्तीर्ण भएका थिए । यस्तै २२ भदौ २०७५ मा खुलाएको दरखास्तमा ६ हजार २९६ जना लिखित परीक्षामा सहभागी भएकोमा एक हजार २१२ जना मात्र उत्तीर्ण भएका थिए । जबकी सशस्त्र प्रहरी बलले २२ भदौमा एक हजार ९३६ जवानका लागि भर्ना आह्वान गरेको थियो ।
दुबै विज्ञापनमा माग संख्या भन्दा निकै कम उम्मेदवार उत्तीर्ण भएपछि सशस्त्र प्रहरी बलले जवानका लागि तयार गरिएको पाठ्यक्रम कठिन भएको महशुस गर्दै त्यसलाई केही सरल बनाएको हो । सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता नायव महानिरीक्षक (डीआईजी) सुरजकुमार श्रेष्ठका अनुसार, माग संख्या भन्दा कम उत्तीर्ण हुने र यसबाट जहिले पनि जनशक्ति अभाव भइरहने समस्या भएकाले पाठ्यक्रम परिवर्तन हो ।
राजधानीबाट





























प्रतिक्रिया