बारा
राहत बोकेर आउने गाडीको भिड बढ्दो छ । जिल्ला भित्र मात्र नभई देशका विभिन्न स्थानबाट राहत सामग्री लिएर गाडीहरू बस्ती प्रवेश गरिरहेका हुन्छन् । साना सवारी साधनमा पनि राहतका सामग्री थुप्रै देखिन्छन् ।
गाउँमा मानिसको भिड पनि उत्तिकै छ । तर हुरीले बितण्डा मच्चाएको फेटा गाउँपालिका १ भलुई भरवलियाका पीडितले भने चार दिन बितिसक्दा पनि टाउको लुकाउने राहत समेत पाएका छैनन् । उनीहरू अझै पनि भत्किएको घरको भग्नावशेषमै दिनरात काटिरहेका छन् ।
सानो बस्तीमा ७ जनाको ज्यान जाने गरी आएको उदण्ड हावाहुरीले करिब २०० भन्दा बढी परिवारलाई घरबारबिहीन बनाएको छ । बस्तीका अन्य घरसमेत बस्न लायक छैनन् । राहत नपाएपछि भत्किएको घरमै पीडितले आफ्नो कष्टकर दैनिकी बिताइरहेका छन् ।
घर भत्किएर भग्नावशेषमा बसिरहेका भलुईका अर्जुन पटेलले अहिलेसम्म राहत नपाएको गुनासो गरे । राहत बाँड्न भनेर दैनिकजसो गाउँमा भिड लाग्ने गरेको भए पनि पेटभर खाने र सुत्न पाउने गरी राहत नपाएको उनको भनाई छ । उनको भनाईमा गाउँमा बिहानदेखि बेलुकासम्मै यस्तो खालको भिड लाग्छ । राहत बोकेर गाडी पनि आइरहेकै हुन्छन् तर त्यो राहत कता जान्छ थाहा हुँदैन । चार दिनदेखि यसैगरी बसिरहेका छौँ ।’
अन्नपूर्णबाट





























प्रतिक्रिया