घरेलु टोली नेपाल काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा प्रवेश गरेकाे छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको दोस्रो सेमिफाइनल भिडन्तमा नेपालले इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा भारतसँगको भिडन्त पक्का गरेको हो। पहिलो सेटमा २५-२१ काे जित निकालेकाे नेपालले दोस्रोमा २८-२६ र तेस्रोमा २५-२० को जित दर्ता गरेकाे हाे । समूह चरणमा नेपाल इरानसँग ३–२ ले पराजित भएकाे थियाे, जसकाे बदला पनि लिएकाे छ ।





























प्रतिक्रिया