काठमाडौँ । बागलुङको बडिगाडमा पहिरोमा परेर घाइते भएकाहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ गएको छ । बागलुङ प्रहरीका अनुसार २ जना डाक्टर र प्रहरी चढेर बुधबार बिहानै उडेको हेलिकोप्टर बडिगाडको थम्कामा ल्याण्ड भएको छ ।
मंगलबार पनि घटनास्थलतर्फ गएको हेलिकोप्टर मौसम प्रतिकूलताका कारण ल्याण्ड हुन नसकेर बागलुङ फर्किएको थियो ।
बडिगाडको ९ र १० नम्बर वडाका छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन् । १० जना घाइते भएकामा केहीलाई उद्धार गरेर उपचारका लागि बुर्तिबाङ पठाइएको छ । अन्यको उद्धार हुन बाँकी रहेको छ ।





























प्रतिक्रिया