देउवा भन्छन्, ‘म ओलीको विरोध गर्छु, मेरा साथीहरु मेरै विरोध गर्छन्’

देउवा भन्छन्, ‘म ओलीको विरोध गर्छु, मेरा साथीहरु मेरै विरोध गर्छन्’

केन्द्रबिन्दु
0
Shares

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रै आफ्नो आलोचना भैरहेको भन्दै चित्त दुखाएका छन् । आफुले सरकारको खुलेरै आलोचना गरिरहेको बेला आफ्नै पार्टीका नेता कार्यकर्ताहरु आफ्नो विरोध गरिरहेको बताए ।

दाङको लमहीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले भने, ‘म सरकारको विरोध गरिरहेको छुँ । साथीहरु मेरै विरोध गरिरहेका छन् । म ओली सरकारको खिलाफमा जान्छु । आफ्नै साथी मेरो खिलाफ गर्छन् ।’

पार्टी सभापतिले अनुशासनहिन काम गरेको भन्ने उजुरी भ्रमपूर्ण रहेको बताए । ‘त्यो भ्रमपूर्ण हो’ भन्दै उनले भने, ‘जसले उजुरी हालेको छ । उसैसँग सोध्नुस ।’

यस्तै उनले प्रतिपक्षको भूमिका कमजोर नरहेको दाबी गरे । रेलिङ्ग भाच्ने र तोडफोड मात्रै गर्ने प्रतिपक्षको काम नरहेको बताए । ‘सधैँ रेलिङ्ग भाच्ने काम हाम्ले गर्‍या छैन् । फेरि चाहनुहुन्छ भने त्यो पनि गरौँला नी’ देउवाले भने–‘ तर तोडफोड गर्ने काम हामीबाट हुँदैन, रेलिङ्ग भाच्ने, आगो लगाउने, तोडफोड गर्ने काम त गलत कुरा हो ।’

यस्तै उनले जनमत संग्रहको नाममा देश टुक्राउन नपाइने बताए । सरकारले सीके राउतसँग गरेको सहमतिबारे देउवाले भने, ‘उसले जनमत संग्रह नै भन्या हो भन्छन् कुरा के हो सरकारले भन्नुपर्छ, तर देश टुक्राउन पाईँदैन, सीके राउत अथवा विप्लव सबैलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनुपर्छ ।’

नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले लमही–५ रातोडाँडामा निर्माण हुन थालेको विपी स्मृती भवनको शिलान्यास गरेका छन् ।लमही नगरविकास समितिले उपलब्ध गराएको दुई कठ्ठा जग्गामा निर्वाचन क्षेत्र पूर्वाकार विकास कार्यक्रम अन्तर्गत १५ लाखको बजेटमा उक्त भवन बन्न लागेको हो ।

Logo