काठमाडौं
मेगा बैंक नेपाल लिमिटेडले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमिट’ सेवा सुरु गरेको छ ।
अष्ट्रेलियाको अजीज फरेक्स एन्ड फाइनान्स कम्पनीसँगको साझेदारीमा मेगा बैंकले अष्ट्रेलियाबाट ‘मेगा रेमीट’ सेवा सुरु गरेको हो । अष्ट्रेलियाबाट ‘मेगा रेमिट’ सेवा पहिलोपटक सुरु गरिएको बैंकले जनाएको छ । यो सेवा प्रारम्भ भएपछि अष्ट्रेलियाबाट नेपालमा मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २३ सय भन्दा बढी एजेन्टमार्फत तुरुन्तै रकम पठाउन र भुक्तानी लिन सकिनेछ ।
मेगा बैंकमै खाता भएका ग्राहकहरूका लागि रेमिट सेवा निःशुल्क गरिएको बैंकले जनाएको छ । नेपालीहरूको बाहुल्यता रहेको अष्ट्रेलियामा यो सेवाले गैरआवासीय नेपाली र विद्यार्थीहरूलाई निकै सहजता मिल्नुका साथै कानुनी र आधिकारिक माध्यमबाट नेपालमा रकम पठाउने बाटो खुलेको बैंकले जनाएको छ ।





























प्रतिक्रिया